२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।

शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।

उनको अनुसार जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको नेता महेश यादवले बताए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, भएका सुविधा पनि विरामीलाई नदिने जस्ता गुनासो आएको उनले बताए ।

गहुँ छर्ने बेला भइसक्दा किसानले मल नपाएको गनुासो पनि आएको छ । विद्यालयमा पढाई नभएको, शिक्षकहरु समयमा विद्यालय नआएको जस्ता गुनासो आएको उनले बताए । अब गुनासोलाई समाधान गर्नका लागि विभिन्न समिति बनाउन लागिएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, प्रशासन, कृषि, सञ्चारलगायत क्षेत्रका लागि छुट्टा छुट्टै समिति बनाउने र त्यसको अध्ययन गरि सम्बन्धित निकायबाट समाधान गराउन प्रयास गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय