असार ११ रोल्पा होलेरी, रुन्टीगढी गाउँपालिकाको १४ औ गाउँसभाको दोस्रो वैठकले ९ वटै वडा तथा विषयगत शाखामा पनि बजेट विनियोजन गरेको छ । जस अन्तरगत वडा न. १ मा ९० लाख, वडा न.२ मा ७० लाख,वडा न.३ मा ७५ लाख, वडा न.४ मा ७० लाख, वडा न. ५ मा १ करोड विनियोजन गरेको छ । त्यसैगरी वडा न. ६ मा १ करोड ५ लाख, वडा न. ७ मा ७५ लाख वडा न.८ मा ८० लाख र वडा न.९ मा ९० लाख गरी कुल ७ करोड ५५ लाख विनियोजन भएको छ ।
यसैगरी बिषयगत शाखामा पनि बजेट विनियोजन भएको छ । जस अन्तरगत शिक्षा तथा खेलकुद शाखा मा १ करोड ५५ लाख, स्वास्थ्य शाखामा ५५ लाख,कृषि शाखा मा ४० लाख, पशु शाखा २० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा १० लाख, सरसफाइ शाखा १०ल लाख, पर्यटन साखा १० लाख सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा ८ लाख, न्यायिक समिति ५ लाख र सुचना प्रबिधी शाखामा १० लाख गरी कुल ३ करोड ३ लाख बजेट विनियोजन भएको छ ।