२०८२ बैशाख १३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित) | बजेट अधिवेशन आजदेखि सुरु हुँदै | रोल्पासहित देशभर गर्मी बढ्यो, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी | कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय | रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला | शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन |

कमल खड्का
साउन ६ रोल्पा, वि पिको स्मरणमा रुन्टीगढी गाउँपालिकामा वृक्षरोपन कार्यक्रम गरिएको छ । ४१ औ स्मृतिको अवसर पारेर नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका रोल्पाले वृक्षरोपन कार्यक्रम गरेको हो । रुन्टिगढी गाउँपालिकाको प्राङगनमा नेपाली काङग्रेस रुन्टिगढी गाउँपालिका सभापति एवंम रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन लगाएत वडा सभापति तथा नेपाली काङग्रेस सक्रिय सदस्यहरुको सहभागितामा वृक्षरोपन गरिएको हो ।

वि पि एउटा पार्टीको ब्यक्ति मात्र नभएर वि पि बिचार भएको कुरा पालिका सभापतिले बताउनु भयो । वि पि ले रोपेको बिचारले यो नै देश समृद्ध हुदै अगाडी बढेको कुरा उल्लेख गर्दै । देशमा निरङकुस एकतान्त्रिक राना सासनको अन्त्य गरेर देशमा बहूदलिय ब्यवस्था लिई देशमा धेरै पार्टीहरु स्थापना भएकोले इच्छालागेका कुराहरु ब्यक्त गर्न पाउने,इच्छा लागेका पार्टी, इच्छालागेका बिचार संग जोडिन पाउने स्वतन्त्र पुर्वक जिवनयापन गर्न पाउने कुराहरु स्थापित हुन त्यो सबै वि पिको योगदान भएको हुदा सदा वि पिलाइ स्मरण गरि रहेको कुरा बताउनु भयो । बिचार मिल्ने ब्यक्ति बिचार मिल्ने पार्टी मात्र नभएर फरक बिचार बोकेका ब्यक्तिलाई वा पार्टीलाइ समेत मान मर्यादा सम्मान गरेर अघि बढ्नु पर्छ भन्ने महान बिचार बोकेको ब्यक्ति भएको हुदा यो देशमा वि पिको ठुलो योगदान रहेको बताउनु भयो । त्यस कारण साउन ६ गते देशै भरी वि पिको सम्झनामा वृक्ष रोपन कार्यक्रम चल्ने भएको कारण रुन्टीगढी गाउँपालिकामा समेत वृक्ष रोपन गरिएको उहाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय