२०८२ जेष्ठ ३२ | [email protected] | Nepali Unicode|Preeti to Unicode

कमल खड्का/१५ भाद्र रोल्पा ,शुक्रबार रोल्पाको रुन्टीगढी गाउँपालिकाले बजार अनुगमन गरेको छ । उपाध्यक्ष सरिता के सीको संयोजकत्वमा रोल्पाको होलेरी बजार अनुगमन गरिएको हो । पछिल्लो समय रोल्पाका केही बजारहरुमा चामल तथा खाद्य पदार्थमा मिसावट भएको भेटिए पछि बजार अनुगमन रुन्टीगढीमा तिब्र पारिएको हो । बजार अनुगमन गर्दा केही सामान म्याद नाघेको तथा चामलमा अखाद्य बस्तु मिसावट गरिएको भेटिएको छ । चामलमा अखाद्य बस्तु भेटिए पछि बेच बिखन गर्न बन्चित गरिएको छ भने म्याद नाघेको सामान तथा पिय पदार्थ नष्ट गरिएको छ ।म्याद नाघेका सामान रुन्टीगढी गाउँपालिकाको वडा नः ५ मा रहेको होलेरी बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साईडमा लगेर नष्ट गरिएको हो । म्याद नाघेका सामानमा सबै भन्दा बढी पिय पदार्थहरु रहेका थिए । म्याद नाघेको सामानहरु उपाध्यक्ष सरिता केसी को संयोजकत्वमा बसेको सर्वदलिए भेला तथा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएका प्रहरी टोली पालिका कर्मचारी र स्थानिय पत्रकारहरुको विचमा नष्ट गरिएको हो ।


मिसावट भएको चामल केही समय अघि फेला पेरेको जस्तै चामल भएको हुदा नष्ट नगरी बेच्न प्रतिबन्द मात्र लगाइएको छ । केही समय अघि भेटिएको मिसावट भएको अखाद्य बस्तु ल्याब टेस्तको लागि लगीएको हुदा त्यसको नतिजा नआवन्जेल जिल्ला प्रसासनले नष्ट नगर्न आदेश दिए पछि बेच बिखनमा मात्र प्रतिबन्द्र लगाइएको हो ।होलेरी बजारको दाजुभाई सस्तो पसलबाट २५ केजीको ६७ बोरा चामल, जि बि स्टोरबाट २५ केजीको सत्यम चामल ८७ बोरा शक्तिमान २५ केजीको ३२ बोरा ,दिपेश सप्लायर्सबाट सोना मन्सुली २५ केजीको ५ बोरा, होलेरी तरकारी तथा गल्ला पसलबाट सोना मन्सुली २५ केजीको २१ बोरा ,सुनिता स्टोरबाट २५ केजीको कस्तुरी चामल १८ बोरा, संगीता पसलबाट २५ केजीको सत्यम चामल ७ बोरा र अर्को एक किराना पसलबाट २५ केजीको सत्यम चामल १३ बोरा गरि २५० बोरा चामल फेला परेको छ ।त्यसै गरि अन्य सामानहरुमा कुरमुरे ४८ प्याकेट हेएर अयल १ डिब्बा बियर २७ वटा बोतल, सुजि २३ प्याकेट प्याज बिऊ २ प्याकेट, फ्यान्ट १७ प्याक,मिरिन्डा १६ प्याक, फन ७ प्याक,फिज ५१ प्याक, माउन्टेन डिउ १८२ प्याक, चिसो ओरेन्ट २ प्याक, कोक ९ प्याक खाने तेल ८ प्याकेट,बिस्कुत ११७ प्याकेट र चकलेट १ डिब्बा म्याद नाघेका सामान फेला परेको थियो ।


अनुगमनको बेला केही पसलहरु बिना दर्ता सञ्चालन भइरहेको पाइएकोले १० दिन भित्र दर्ता गरेर सञ्चालन गर्ने निर्देशन दिएको उपाध्यक्ष सरिता के सीले जानकारी दिनु भयो । त्यसैगरी चादपर्व नजिकिदै गर्दा उपभोक्ता ठगिनबाट बचुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको प्रशासन प्रमुख सानबाबु खड्काले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय