२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

९ असार होलेरी,रोल्पाको रुन्टीगढी गाउँपालिकाले १४ गाउँसभा बाट निति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।” सुखी र समृद्धि : अवको रुन्टीगढी ” भन्ने मुल नाराको साथमा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी,कृषि ,पर्यटन लगाएतलाई प्रमुखतामा राखिएको छ ।१४ अौ गाउँसभाको प्रथम बैठकमा आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । यस समयमा जनताका अधिकार जनताका लागि प्रयोग गर्न, बिशेष जिम्मेवारी बोधकासाथ रुन्टीगढी गाउँपालिकाबासीहरुका जीवनरेखा कोर्नको लागि पुनित अवसर मिलेकोमा आफुलाए गौरवान्वित महसुस गरिएको अध्यक्ष पुनले बताउनु भयो । नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका विभिन्न ऐतिहासिकजनआन्दोलन, सशस्त्र संघर्ष ,त्याग र बलिदानको गौरवपुर्ण ईतिहासलाई स्मरण नगरी बस्न नसकिने पनि बताउनु भयो । विभिन्न काल खण्डमा भएका जन आन्दोलन बाट ज्यान गुमाउने सहिदहरु र अङ्गभङ्ग योद्धाहरुको स्मरण गर्दै ,समाजवाद ,दिगो विकास ,शुसासन र समृद्धिका निम्ति यो निति तथा कार्यक्रम प्रस्तुत गरिएको उहाले बताउनु भयो । यस आर्थिक वर्षमा आर्थिक विकासको निति ,सामाजिक विकासको निति,पुर्वाधार विकासको निति,वन वातावरण तथा विपद व्यवस्थापन निति र सुशासन तथा संस्थागत विकासका नितिहरु प्रमुख्ताको साथ राकिएका छन । निति तथा कार्यक्रमको प्रस्तुत अध्यक्ष जनक पुनले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय