२०८२ बैशाख १३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित) | बजेट अधिवेशन आजदेखि सुरु हुँदै | रोल्पासहित देशभर गर्मी बढ्यो, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी | कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय | रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला | शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन |

रुकुम, ७ भदौ । रुकुम पश्चिममा आइतबार एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन ।

एक कार्यालयका प्रमुखसहित सोही कार्यालयका नौ कर्मचारी, स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारी, तीन प्रहरी र मुसीकोट सल्लेका दुइ स्थानीय गरी मुसीकोटमा मात्रै १५ जना संक्रमित फेला परेका छन । संक्रमित भएको स्थानीय भारतबाट आएर होम क्वारेन्टीनमा बसेका हुन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा २ जना नेपालगञ्ज अस्पताल गएर फर्केका संक्रमित देखिएका छन भने चौरजहारीका एक जना गरी रुकुमपश्चिममा मात्रै १८ जना संक्रमित भेटिएका हुन् ।

चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । मुसीकोट नगरपालिकाका २७ जनाको स्वाव परिक्षण गरिएकामा १५ र सानीभेरी गाउँपालिकाका १० जनाको स्वाव परिक्षण गरिएकामा ३ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिए ।

त्यस्तै जिल्ला अस्पतालको आईसोलेसनमा रहेका २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटीभ आएको छ । यो संगै जिल्लामा संक्रिय संक्रमित २८ जना रहेका छन् । रुकुमपश्चिममा अहिलेसम्म ५८ जनामा संक्रमित भएकोमा ३० जना निको भएर घर फर्किसकेका छन ।

यसैबिच यता आठविसकोट नगरपालिकामा एकै पटक हिजो ६ जना लाई संक्रमण पुष्टि भएपछि नगरपालिकाका ३ वटा वडा एक हप्ताका लागि पुर्ण रुपमा शिल गरिएको छ ।

कोरोनाको जोखिम बढेपछी आज बिहान ४ बजे देखि आगामी १३ गते शनिबार सम्मका लागि ३ वटा वडा पुर्ण रुपमा सिल गरिएको निमित्त प्रमुख प्रसाशकिय अधिकृत धुव्र प्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ९,११ र १२ नम्वर वडालाई एक हप्ताका लागि पुर्ण रुपमा सिल गरिएको छ । साथै उक्त वडाहरु भित्र अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न नगरपालिकाले एक सुचना जारी गरेको छ ।

संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका हरुको कन्ट्याक्ट हिस्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय