२०८२ बैशाख १३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित) | बजेट अधिवेशन आजदेखि सुरु हुँदै | रोल्पासहित देशभर गर्मी बढ्यो, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी | कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय | रुपन्देहीको दानव नदीमा बेपत्ता २ बालकको शव फेला | शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन |
काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । बुधबार(आज) नेपालको कोशी प्रदेश, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू—भाग र गण्डकी प्रदेशका पूर्वी भू—भागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिलागरी नेपालमा प्रवेश गरेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
नेपालको अन्य भू—भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।  यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
लामो समयदेखि पानी नपर्दा देशका अधिकांश भूभागमा गर्मी बढेको थियो । मनसुन भित्रिएसँगै पानी पर्ने र गर्मी कम हुने अनुमान छ ।
यद्यपि मंगलबारदेखि देशका विभिन्न ठाउँमा छिटपुट वर्षा भइरहेको छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ ।
तर, पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय