२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

१० असार होलेरी ,रोल्पाको रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । सुखी र समृद्धी : अवको रुन्टीगढी भन्ने मुल नाराको साथ निति तथा कार्यक्रम पारित गरे पछि १४ औ गाउँ सभाको दोस्रो बैठकले बजेट सार्वजनिक गरेको हो । आइतबार गाउँपालिका सभाहलमा बसेको  बैठकले उक्त बजेट सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८०।८१ को गाउँपालिका प्रशासनिक तथा चालु खर्च तर्फ रु ११ करोड ०३ लाख ६४ हजार, वडा कार्यालयको चालु तर्फ रु १ करोड ७४ लाख ७५ हजार, विषयगत शाखा चालु तर्फ रु ३ करोड ०३ लाख, सामाजिक सुरक्षा तर्फ ८ करोड, प्रदेशरस्थानीय क्षमता विकास तर्फ रु ४ लाख, र संघसस्था कार्यक्रम तर्फ रु ९ लाख ८८ हजार ५ सय ५१ रुपैया, संघिय शसर्त अनुदान चालु २३ करोड २५ लाख, प्रदेश शसर्त अनुदान ६ लाख पचास हजार बजेट सर्वजनिक भएको छ ।

त्यसैगरी गाउँपालिकाको पुजीगत तर्फ रु २ करोड ६९ लाख ३३ हजार ४ सय ४९ रुपैया, वडा कार्यालय पुजीगत तर्फ रु ५ करोड ७५ लाख ८९ हजार, संघिय शसर्त पुजीगत अनुदान रु ८० लाख, संघीय समपुरक अनुदान तर्फ रु १ करोड, संघीय विशेष अनुदान तर्फ रु ७० लाख, प्रदेश शसर्त अनुदान रु ७५ लाख, प्रदेश समपुरक अनुदानमा रु २ करोड र समपुरक कोषमा रु ६० लाख  बजेट विनियोति भएको छ । यसरी कुल चालु तर्फ ४७ करोड २६ लाख ७७ हजार ५ सय ५१ रुपैया र कुल पुजीगत व्यय रकम रु १४ करोड ३० लाख २२ हजार ४ सय ४९ रुपैया गरी  कुल ६१ करोड ५७ लाख रुपैया बिनियोजित बजेट सार्वजनिक भएको हो ।यसरी सार्वजनिक गरिएको बजेट छलफल पछि असार १८ गतेको तेस्रो १४ औ गाउँसभाबाट पास हुने भएको छ । तेस्रो गाउँसभा बैठक असार १८ गते निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय