२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

रोल्पा ! नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जि.सी. ले रोल्पाको शैक्षिक रुपान्तरणमा नेविसंघ प्रतिबद्ध रहेको बताउनु भएको छ । सबैको सामुहिक प्रयास र अठोटबाट मात्र शिक्षामा परिवर्तन सम्भव भएको बताउनु भयो । रोल्पाको लिबाङस्थित सुशील कोइराला स्मृति भवनमा सम्पन्न नेविसंघ रोल्पाको कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति जि.सी. पुन: एकपटक रोल्पाको समग्र रुपान्तरणको नेतृत्व नेविसंघले गर्न चाहेको बताउनु भएको छ । नेपालमा भएका सम्पूर्ण व्यवस्था परिवर्तनको आन्दोलनमा निर्वाह गरेको अग्रणी भूमिकाको स्मरण गर्दै सभापति जि.सी.ले भौतिक आन्दोलनको एउटा अध्याय पूरा भएकोले अब शैक्षिक रुपान्तरणको नयाँ आन्दोलन प्रारम्भ गर्नुपर्नेमा जोड दिनु भ्यो । सभापति जि.सी. ले भन्नुभयो:- ´´सडक आन्दोलन भनेको एउटा समयमा हुने विषय हो । मुलुकको राजनीतिक प्रणाली एउटा विन्दुमा पुगेपछि भौतिक आन्दोलन साघुँरिदै जान्छ र यस्तो बेलामा नै सुरु गर्ने हो, वैचारिक आन्दोलन । हाम्रो मुलुकमा अब भौतिक आन्दोलन एउटा चरणमा पुगेको छ । अब वैचारिक आन्दोलनको खाँचो छ । त्यस आन्दोलनको पनि नेतृत्व गर्ने दायित्व संघको हो ।

नेविसंघले नेता बन्ने होइन, समाजमा नेता बनाउने उद्देश्य राखेर आफ्नो कार्य अघि बढाउनुपर्छ । त्यसले मात्रै मुलुकमा राजनीतिक शुद्धीकरणको अभियानमा नेविसंघ एउटा हिस्सा बन्न सक्छ “ । सभापति जि.सी.ले विश्वका युवा विद्यार्थीहरुले अन्तरिक्षमा बस्ती बसाउने योजना बनाउँदै गर्दा नेपाली विद्यार्थीहरू बेरोजगारीको समस्याले दैनिक विदेशिनु ठूलो राष्ट्रिय समस्या रहेको बताउनु भयो । विद्यार्थीको माग, आवश्यकता र चाहाना बमोजिम विभिन्न कार्यक्रम संचालन गरिने पनि सभापति जि.सी.ले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय