भरत विश्वकर्मा, फागुन २५ रोल्पा । अझै पनि धेरै देशहरुमा महिलाहरुलाई दोस्रो दर्जाको रुपमा राखेको रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले बताउनुभएको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनुभएको हो । उहाँले अहिलेको समयमा पनि छोरा र छोरी बीचको भेदभाव कायममै रहेको केही मात्रामा कमि परिवर्तन भएको मेयर घर्तिले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, अहिले रोल्पाका छोरीहरु पनि विभिन्न राष्ट्र पदमा गएका छन, ओनसरी घर्ति नेपालकै पहिलो महिला सभामुख भएका छन । पहिले पहिले होस्टेल रिसार्ट चलाएर अहिले सिंहदरबारमा पुगेको कुरा बताउनुभएको छ । यस्तै उहाँले दलित, महिला, उत्पीडित समुहलाई कोटाको व्यवस्था गरि अगाडि बढ्ने अवस्था सरकारले सिर्जना गरेको बताउनुभएको छ ।
आफनो अधिकार प्राप्त गर्नको लागि ठुलो संर्घष र द्धन्दबाट मात्र अधिकार प्राप्त गर्न सफल भएको उहाँको भनाई रहेको छ । बालबालिकालाई सकारात्मक सोच, शिक्षित बनाउनेमा अविभावकको महत्वपुर्ण हात रहेको कुरा बताउदै नारी दिवसको शुभकामना समेत दिनुभएको थियो । मेयर घर्तिले त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिनुभएको छ ।
” अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास घर्तिले व्यक्त गर्नुभएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने दिवस मनाएको समेत बताउनुभएको छ ।