२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय