२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

 

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार(आज) प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका सबै सदस्य (सांसद)ले विश्वासको मत दिनुभएको छ।
आज प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०२ सांसद उपस्थित हुनुहुन्थ्यो। उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिनुभएको हो ।
संघीय सरकार गठनका लागि केन्द्रमा बनेको सत्ता समीकरणअनुसार जसपा नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा उहाँलाई जसपासहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीले समर्थन गरेका थिए।
उहाँले नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्नुभएको थियो। आफूलाई प्रदेश सभा बैठकमा विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्री यादवले कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवलाई लिखित पत्र नै लेख्नुभएको थियो।
मुख्यमन्त्री यादवले हिजो जनकपुरमै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग समेत भेटेर विश्वासको मतका बारेमा छलफल गर्नुभएको थियो ।
आज बिहान काठमाडौंमा जसपा अध्यक्ष उपेन्द्र यादवले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मधेस प्रदेशमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो।
सत्ता साझेदार दल भएपनि जसपा संघीय सरकारका मन्त्रालयहरूको बाँडफाँटमा असन्तुष्ट रहँदै सरकारमा गएको छैन। सत्ता साझेदार अरू दलहरूले जसपालाई २ मन्त्रालय दिने सकिने बताएका थिए।
जसपाका लागि वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय खाली राखिएको छ। तर, मधेस प्रदेशमा जसपाले कांग्रेसको समेत साथ खोज्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय