२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको हो ।
बुधबार(आज) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।
खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त,आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मूल नीति र  पार्टी  निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ । उक्त मस्यौदा पार्टी कमिटीहरूबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ  खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्रा भुसाल र गणेश विक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय