काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
राष्ट्रपतिसँग शपथग्रहण लगत्तै मन्त्रालयमा पुगेर पदभार सम्हालेकी पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभयो ।
‘जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने छ,’ उहाँले भन्नुभयो ।
विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको पनि उहाँले बताउनुभयो ।