२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

सुर्य प्रकाश बुढा मगर,पुष २२ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पुष २४ गते देखि माघ ४ गते अर्थात ११ दिन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु बन्द हुने बताइएको छ।

यसै शैक्षिकसत्र देखि बर्खा र हिउँदमा गरी ४५ दिन बिदा दिने शिक्षा ऐनमै व्यवस्था भए अनुसार बिदा दिएको परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले जानकारी दिनु भएको हो।

वलीले बताए अनुसार बर्खा बिदा १५ दिन श्रावण महिना गरि सकेको दशै तिहारमा १९ दिन बिदा गरेको र बाँकी ११ दिनलाई चिसो समयमा बिदा गर्ने निर्णय गरेको समेत बताउनुभयो।परिवर्तन गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुको पुष १२ गते बसेको बैठकले बिदा गर्ने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनुभयो।

परिवर्तन गाउँपालिकामा सामुदायिक विद्यालयहरु ४३ वटा रहेका छन भने संस्थागत ३ वटा गरी जम्मा ४६ विद्यालय रहेका छन।संस्थागत विद्यालय भने बन्द नरहेको परिवर्तन गाउँपालिकाले बताएको छ।

साथै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको निर्णय अनुसार मात्र गर्नुपर्ने भएकाले गाउँपालिका सँग कुनै छलफल नभएको समेत बताइएको छ।आगामी बर्षमा संस्थागत विद्यालयहरुलाई पनि सामुदायिक विद्यालयको निर्णय भित्र समाबेश गर्ने समेत परिवर्तन गाउँपालिकाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय