२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार/ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । त्यसैगरी, सूचना जारी भएका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी छन् ।

सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ ९ज० बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय