२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।

कांग्रेसको भातृ संस्था तरुण दललगायतले आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै आएका छन् । २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । दोषी चश्मा कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त वीपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान साबित भएको थियो । उहाँको दोषी चश्मा कथा सङ्ग्रह भने २००८ सालमै प्रकाशन भएको थियो । वीपी कोइरालाले श्वेतभैरवी कथासङ्ग्रह, मोदीआइन, बाबु, आमा र छोरा, सुम्निमा, ‘तीन घुम्ती, हिटलर र यहुदी, जेलजर्नललगायत रचना गर्नुभएको थियो ।

पुस १ गतेको घटनापछि वीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवम् पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

२०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयका रूपमा घोषणा गरिएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालयको मुख्य भवन पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालयलाई पुरानै स्वरूपमा पुनःनिर्माण गरेको पुरातत्व विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय