२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालक नराख्ने ४१ वटा गाडीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाण्डौको नागढुङ्गामा एपमार्फत जाँच गर्दा दुई जना चालक फेरबदल नभएको पाइएपछि कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टका अनुसार ट्राफिक कम्युनिकेशन एप्लिकेशनमा सुरुको गन्तव्यमै गाडी चालकको फोटो, लाइसेन्स नम्बर र गाडीको नम्बर अपलोड गरेपछि नागढुङ्गासहित १५ वटा ठाउँमा रहेका जाँच केन्द्रमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको थाहा हुन्छ ।

२०७५ सालको जेठ २ गतेदेखि सुरु भएको यो जाँच केही समय रोकिएकोमा गएको असोज २ गतेदेखि फेरि सुरु भएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नुपर्ने व्यवस्थाअन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाह सार्वजनिक गाडीमा कम्तीमा दुई जना चालक अनिवार्यरूपमा राखि प्रत्येक छ घण्टापछि पालैपालोसँग गाडी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा गाडी धनीको हुनेछ भनिएको छ ।

तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्यरूपले लामो दुरीका यात्रुवाहक गाडीमा दुई जना चालकको व्यवस्था गर्न/गराउन सबैको दायित्व हुने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय