२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । निर्वाचन आयोगको दोस्रो पत्र अनुसार नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रुटि सच्याएको छ । एमालेलाई त्रुटि सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची नै पठाएपछि हिजो आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न सकेन ।

एमालेले प्रदेश १ को अल्पसङ्ख्यकतर्फ लहरूमाया जिमी (याक्खा) नामको सट्टा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसङ्ख्यकको प्राथमिकता क्रम सङ्ख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको छ ।

त्यसैगरी मधेस प्रदेशतर्फ शीला यादवको सट्टामा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टामा जैनव खातुनको नाम कायम गरिदिन एमालेले आयोगलाई आग्रह गरेको छ ।  योसँगै मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ । साथै भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।

सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय