२०८१ मंसिर १० | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।  आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौं जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन् ।

“त्रिभुवन विश्वविद्यालयले बर्षेनी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भने– “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्‍याएको योगदान हामी सबैका सामु जगजाहेर छ । आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै हुनुहुन्छ । यस्तो महत्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”

उनले यस विश्वविद्यालयबाट  चिकित्साशास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताएका हुन् । उनले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेको समेत औँल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय