काठमाडौं । समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ ।
मंसिर २४ गते भोली बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ ।
समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।