२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

 २० मंसिर ,  काठमाडौं  । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माणलाई तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हिजो गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि आज नेपालले भारतलाई कुटनीतिक नोट पठाएको हो ।

भारतको धार्चुला र नेपालको दार्चुलाको सीमानदी महाकालीको किनारमा भारतले एकतर्फी रुपमा करिब एक वर्षयता तटबन्ध निर्माण गरिरहेको छ । नेपालको दार्चुलाका स्थानीय बासीले उक्त तटबन्ध निर्माणको निरन्तर विरोध गरेपछि भारतीय पक्षबाट आक्रमण भइरहेको थियो ।

केही दिनअघि मात्रै मात्रै तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हान्दा तीनजना बालकसहित केही घाइते भएका थिए । दार्चुला सदरमुकाम खलंगामा विरोध चर्किर्एपछि भारतीय पक्षले नेपालको प्रशासनलाई जानकारी समेत नगराई सीमापुल केही घण्टा बन्द गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय