२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

६ मङ्सिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ ९१० मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको हो । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।

प्रतिनिधिसभाको गणना जारी

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार मणिराम फँुयालले पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय