२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

४ मङ्सिर, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिनुभयो ।

“देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उहाँले भन्नुभयो । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उहाँले विश्वास दिलाउनुभयो ।

“गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ । गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन । जबसम्म संविधानमाथि, सुशासन र समृद्धिको यात्रामा खतरा पैदा रहन्छ तबसम्म गठबन्धन रहन्छ ।”

निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रिया थालनी गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सुशासन र समृद्धिका लागि परिवर्तनको वाहक दलको नेतृत्व भएमात्र मुलुकमा समृद्धि सम्भव हुने उहाँको दाबी छ । संविधान जारी भएपछिको दोस्रो निर्वाचनका रुपमा यो ऐतिहासिक महत्वको निर्वाचन भएको उहाँको भनाइ छ ।

“कुन पार्टीले कति मत ल्यायो भन्नेभन्दा पनि ठूलो कूरा निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भन्ने हो”, अध्यक्ष दाहालले भन्नुभयो, “लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । निर्वाचन सम्पन्न हुनु भनेको संविधानले यसका प्रणालीले ठीक ढङ्गले काम गर्दैछ भन्ने प्रमाण हो ।”

उहाँले स्वच्छ, धाँधलीरहित र निष्पक्ष निर्वाचन सम्पन्न हुनु ठूलो कुरा भएको बताउनुभयो । “संविधानलाई संस्थागत बनाउने विषयमा यस निर्वाचनको ठूलो महत्व छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधानमाथि नै प्रश्न चिह्न उठाउन खोज्नेहरुका लागि यो निर्वाचनमा सहभागिता पनि आफैँमा ठूलो प्रमाण पनि हो ।”

आफू गोरखाबाट निर्वाचन लडे पनि चितवनको विकासमा आफ्नो ध्यान सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मैले चितवन छाडेको होइन, तर निर्वाचनका लागि गोरखा गएको पक्कै हो”, उहाँले भन्नुभयो, “चितवनसँग मेरो सम्बन्ध टुट्ने कुरा हुँदैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय