२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

सुर्य प्रकाश बुढा मगर

राेल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहा सचिव एवं लोकतान्त्रिक बाम गठबन्धनका रोल्पा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन(अन्नत)ले लोकतान्त्रिक बाम गठबन्धनको पछाडि जनलहर छाएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुनले सो कुरा बताउनु भएको हो ।

 

लिबाङको टुडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै,गठबन्धनले दुई तिहाईको बहुमत लिने विश्वास समेत लिनु भएको छ।७ ओटै प्रदेश र संघको नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धनको दुई तिहाईको सरकार बनाएर देशलाई अग्रगमन तिर लैजाने समेत बताए।

 

आफूहरूको गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध भएको बताउदै,करिब ७० बर्षपछी नेपाली जनताको संघीय लोकतन्त्र बाट प्राप्त भएको संविधानलाई कम्जोर बनाउने,संविधानलाई कार्यान्वयनमा बाधा बन्न खोज्ने र नेपाली जनताका ठूलो संघर्ष बाट फ्याकेको पुरानो निरञ्कुष राजतन्त्र ल्याउने खोज्ने शक्तिलाई पराजित गराउनको लागि लोकतान्त्रिक बाम गठबन्धन गरेको समेत बताए।

 

नेकपा माओवादी केन्द्रको रोल्पामा ४२ हजार र नेपाली कांग्रेसको १६ हजार र नेकपा एमालेको १५ हजार जति भएकोले रोल्पा गठबन्धनलाई कुनै समस्या नपर्ने समेत बताए।साथै रोल्पामा मात्र नभएर देश भरीनै लोकतान्त्रिक बाम गठबन्धन शक्तिको पक्षमा राम्रो जनलहर रहेको समेत बताए।मङ्सिर ४ पछी गठबन्धनको पक्षमा सरकार बन्ने समेत दाबी गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय