२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

सुर्य प्रकाश बुढामगर

रोल्पा । नेपाली कांग्रेसका सभापति एवं देशका प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)रोल्पा आउने बताइएको छ । बाम लोकतान्त्रिक गठबन्धनको जिल्ला स्तरीय बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्न देउवा र दाहाल कार्तिक २९ गते मंगलबार रोल्पाको होलेरीमा आउन लाग्नु भएको हो ।

जिल्ला निर्वाचन परिचालन समिति रोल्पाले होलेरीमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्न सँगै देउवा र दाहाल आउने रोल्पा निर्वाचन परिचालन समिताका संयोजक नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा सचीव तथा रोल्पा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन(अन्नत)ले जानकारी दिनु भएको छ ।

 

पुनका अनुसार अन्य जिल्लाका पनि देशका प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्षले सोही अवसर पारेर रोल्पाको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तयार भएको बताउनुभयो।पुनले भन्नुभयो”पाँच दलीय गठबन्धनका दलहरुको निर्णय के भएको छ भन्दा मङ्सिर-४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई बिजयी गराउने निर्णय भएको छ,त्यहीँ अनुसार जिल्ला स्तरीय बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्न आउन लाग्नु भएको समेत बताउनुभयो।

साथै रोल्पामा पाँच दलीय गठबन्धन अनुसार नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतको बाम लोकतान्त्रिक गठबन्धन भएको जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले जानकारी दिनु भएको छ । आचार्यका अनुसार रोल्पा जिल्लामा पहिलो पटक नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बाम लोकतान्त्रिक गठबन्धन गरि देशभरीनै नयाँ सन्देश दिन खोजेको समेत बताउनु भएको छ।

 

आचार्यले भन्नुभयो”पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता बर्ग दुश्मन जस्तो गर्ने प्रवृत्ति थियो तर अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अनुसार रोल्पामा एउटै मञ्चमा उभिएको र एक अर्काले निर्वाचनमा सहयोग गर्ने वातावरण सिर्जना भएको”समेत बताउनुभयो।बाम लोकतान्त्रिक गठबन्धन रोल्पा निर्वाचन परिचालन समितिले बृहत जिल्ला स्तरीय चुनावी सभा कार्यक्रममा कार्तिक २९ गते मंगलबारका दिन होलेरीमा उपस्थित भइदिन रोल्पा बासी सबैलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय