२०८२ असार ३ | [email protected] | Nepali Unicode|Preeti to Unicode

सुर्य प्रकाश बुढामगर

राेल्पा । लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं.१(ख) का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले रोल्पामा नेकपा एमालेले चुनाव नजित्ने दाबी गर्नु भएको छ।

 

निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१(क) रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

 

सभाको विशिष्ट अतिथी समेत रहेका पुनले रोल्पामा नेकपा एमालेले एक्लै चुनाव लडइँ छ हामी लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनावमा भाग लिएको र रोल्पामा एमालेको पक्षमा जनलहर नभएको समेत बताए।

 

मलाई लाग्छ चुनाव त निर्विरोध रूपमा अहिले नै जित्छु जस्तो लाग्छ।कसरी संसदलाई दुई दुई पटक प्रतिगमन तिर लैजाने शक्तिलाई रोल्पाली जनताले भोट दिन्छ होला र!मैले बुझेको छु रोल्पा क्षेत्र नं.१(ख) का जनताले बाम लोकतान्त्रिक गठबन्धन बाहेक रामको बुबा श्याम आएप्नी भोट दिदैन्न।

 

हाम्रो गठबन्धन भनेको चुनावपछी दुई तिहाईको सरकार प्रदेश र संघले पाउने समेत पुनको भनाइ रहेको छ।जित्नु मात्र ठूलो कुरा होइन देशको विकास,समृद्धि,राजनीतिक स्थायीत्व,संविधानको संरक्षणका लागि आफूहरूलाई बिजय गराउनु अहिलेको आवश्यकता रहेको समेत बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय