२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

सुर्य प्रकाश बुढा मगर

राेल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं.१(क) रोल्पाका प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले प्रतिक्रान्तिकारी शक्ति विरुद्ध एकजुट भएको बताउनु भएको छ ।

 

निर्वाचन परिचालन समिति क्षेत्र नं.१(क) रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

 

चुनावी सभाको विशिष्ट अतिथी समेत रहेका महराले हिजो पञ्चायत व्यवस्था,राणा शासन फाल्न,२०३६ सालको आन्दोलन,२०४६ सालको आन्दोलन,२०५२ सालको महान दसबर्षे जनयुद्धमा नेपाली जनताको ठूलो योगदान रहेको समेत बताए।यो देशको परिवर्तनका लागि रोल्पाली जनता,नेपाली जनताले लामो संघर्ष गरेको महराको दाबी रहेको छ।

 

नेपाली जनताले करिब सात दशक पछी करिब ८० बर्षमा लामो त्याग तपस्या बाट प्राप्त गरेको संविधानलाई च्याट्न खोज्ने,संविधानको धज्जी उडाउने र पश्चगामी शक्तिको विरुद्ध एकजुट भएको समेत बताए।साथै संविधानलाई धोष्ट पार्न खोज्ने र प्रतिगामी क्रान्तिकारी शक्तिलाई परास्त गर्नको लागि अहिले आवश्यकता भएको समेत बताए।

 

नेपालमा ठूल्ठूला परिवर्तन संघर्षले गर्दा अहिले संघीय लोकतन्त्र गणतन्त्र स्थापन भएको बताउदै महराले देशको अप्ठ्यारो परिस्थितिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले देशलाई निकास दिएको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय