२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

रोल्पा । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर ५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, निजकी श्रीमती ४६ वर्षिया बच्ची थापा (जुनकी) सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिएका छन् ।

प्युठानको बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका-५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियंत्रित भई दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

घाइते मध्य ६ जनाको बिजुवार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ । जिप अनियंत्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको छ । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के।एम सामान्य घाइते रहेका छन् ।

रातको समय भएकाले उद्घार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले घाईतेको उद्घार गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय