२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

राेल्पा ।  रुकुम पूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ की ३४ वर्षिया सावित्री गुरुङलाई लाई हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाइएको छ । गए राति रुकुम पूर्व अस्पतालमा गुरुङले छोरीलाई जन्म दिएकी थिइन् । उनलाई सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

नवजात शिशुको श्वासप्रवास र आमाको पनि स्वास्थ्यमा समस्या देखिएको अस्पतालका डाक्टर नारायण बरालले जानकारी दिए । आमा बच्चा दुवैलाई थप समस्या आउन नदिन जिल्ला बाहिर पठाइएको उनको भनाई छ ।No description available.

गुरुङलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएपछि नेपालगञ्जबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनोको एन।ए ०५५ नम्बरको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको रेग्मीले बताए ।
गाउँपालिका अध्यक्ष रेग्मीको पहल र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको समन्वयमा सुत्केरी गुरुङ र नवजात शिशुको उद्धार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय