२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

रोल्पा । लोकतान्त्रिक बाम गठबन्धन रोल्पाले आज रोल्पाको त्रिवेणी गाउँपलिकाको नेर्पा बजार आम सभा गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न आजबाट जिल्लाभर आम सभा सुरु गरेको गठबन्धनले जनाएको छ ।
आम सभालाई नेकापा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन अन्नत, माओवादी केन्द्रका स्थाई कमिटि सदस्य एवम प्रदेश सभा १ का उम्मेदवार जोखबहादुर महरा, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवम प्रदेश सभा २ रोल्पाका उम्मेदवार अमरसिंह पुन र गठबन्धनमा आवद्ध दलका जिल्लाका शिर्ष नेताहरूले सम्बोधन गर्ने बताईएको छ ।

संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धन भने नाराका जिल्लाव्यापी निर्वाचन अभियानमा होमिएको लोकतान्त्रिक बाम गठबन्धनले कार्तिक १९ गते सुर्पालनेता रुनतीगढी, कार्तिक १९ गंगादेव गाउँपलिकाको सुखाओडार, कार्तिक २१ गते परिवर्तन गाउँपलिकको कालापोखारा र कार्तिक २२ गते परिवर्तन गाउपलिकाको बागमारा आम सभा आयोजना गरेको छ ।
त्यसैगरी कार्तिक २३ गाते थाबाङ गाउँपालिका, २५ गते सुनिलस्मृति गाउपालिकको सुलिचौर बजार, २७ गते माडी गाउपालिकको घर्तिगाउ बजार र कार्तिक २९ रुन्तिगढ़ी गाउँपालिकाको होलेरीमा आम सभा गरिने लोकतान्त्रिक बाम गठबन्धन रोल्पाले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय