२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई पैसा बुझाउन पर्ने भनेकाले त्यो टिममाथि छानबिन गर्नुपर्ने बताउनुभयो ।

‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । योभन्दा लज्जाबोध के हुन सक्छ ?,’ उहाँ भन्नुहुन्छ, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई पैसा बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ?

उपसभापति गुरुङले अगाडि भन्नुभयो, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो सदन चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय