काठमाण्डाै । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिस्ट्रारसम्बन्धी काम गर्नका लागि सम्झौता भएको छ ।
आज बुधवार एक कार्यक्रमका बीच बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी काम मेगा क्यापिटल मार्केट्स लिमिटेडमार्फत उपलब्ध हुनेछ ।