२०८१ मंसिर ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

१ चैत रोल्पा ,नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न गरेको छ । सम्मेलन फागुन ३० गते रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको थियोे । नेपालीको राष्ट्रिय गान तथा ज्ञात अज्ञात सहिद हरु प्रति १ मिनेट मौन धारण गरि प्रमुख अतिथि बाट बिपि कोईराला को फोटो मा टिक र पुष्प गुच्छा अर्पण गरि कार्यक्रम को उदघाटन गरिएको थियोे । उदघाटन पछि अतिथी हरुलाई टिका तथा पुष्प गुच्छा द्वारा स्वागत गरिएको थियोे । सम्मेलन कार्यक्रममा नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउन केही नेता तथा कार्यकर्ताहरुले सुझाव समेत दिनु भएको छ । कार्यक्रममा सुझाव दिदै नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य दिलमन बुढाथोकीले अहिले नेपाली कांग्रेस पार्टी स्थानीय सरकार प्रमुख भएको हुदा सरकारले के कति काम पुरा गर्न सफल भयो र के के काम गर्नु पर्ने छन यस प्रति पनि चासो राखि बेला बेला घचघच्याई रहनु पर्ने कुरा औल्याउनु भयो । स्थानीय सरकार गठन भएको एक बर्ष बित्न लागेको कुरा स्मरण गराउदै एक बर्षको अवधि अभ्यास र अध्यनमै बित्ने हुदा आगामी वर्षको योजनाहरु बनाउदा पार्टी भित्र पनि ब्यापक छलफल गरेर मात्र गर्न समेत अनुरोध गर्नु भएको छ । जस्ले गर्दा पार्टी फेरी अर्को चोटिको चुनावमा सरकार आउन सक्ने कुरा उल्लेख गर्नु भयो । विगतमा एमाले सरकारले गरे जस्तो ब्यवहार नगर्न समेत सुझाव दिनु भएको छ । नेपाली कांग्रेस पार्टी रोल्पामा दोन्द काल देखि नै एकदमै चपेटामा परेको पार्टी भएको कुरा उल्लेख गर्दै रोल्पाका कांग्रेस एक ढिक्का भएर आवश्यक छलफल सार सल्लाह गरेर अघि नबढेमा संकटमा पर्ने बताउनु समेत भयो । जब सम्म एकले अर्कोलाई कांग्रेस हो भनेर चिन्न सकिन्न तव सम्म सफलता हात पार्न नसकिने धारणा राख्दै पार्टी सुधारको लागि प्रत्येक गाउँ गाउँका तथा वडामा प्रशिक्षण जरुरी रहेकोे कुरा उल्लेख गर्नु भयो ।त्यसैगरी सम्मेलनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोपाल घर्तीले पार्टीले नजितेको ठाउँमा कसरी जित्ने र जितेको ठाउँमा अझै बढी मतका साथ कसरी जित्ने भन्ने बारेमा सोच बिचार गरेर बनाएर अघि बढ्न अनुरोध गर्नु भएको छ । कांग्रेसका युवाहरु अलि बढी बेरोजगार भै बिदेशीन बाध्य भएको कुरा उल्लेख्य गर्दै जितेका पालिकाहरुमा रोजगारका सिर्जना गरेर रोजगारी दिन सके युवाहरुलाई बिदेशीनबाट रोक्न सकिने समेत बताउनु भएको छ ।यस्तै नेपाली कांग्रेसका सम्पूर्ण परिवार संग समुनय गरेर अघि बढ्न सुझाव दिदै नेपाली कांग्रेसका जिल्ला सचिब तिल बहादुर बुढाथोकी ले प्रथम रुन्टीगढी गाउँपालिका सम्मेलन गर्न सफल भएकोमा नेपाली कांग्रेस रुन्टीगढीलाई शुभकामना दिनु भएको छ। सोही अवसरमा निरन्तर २०४६ साल देखि नेपाली कांग्रेस पार्टीमा सक्रियरुपमा कार्य गर्दै आएका र पार्टीको ११ औमहाधिवेशन मा क्षेत्रीय सचिब सम्म भएका नेपाली कांग्रेसका नेता भुप मनि पुन २०७४ को स्थानीय चुनाबमा पार्टी प्रति आक्रोशित हुदै पार्टी परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नु भएको थियो । त्यस लगतै उहाँ लगभग ६ वर्ष पछि नेपाली काग्रेसमा पुनः फर्किनु भएको छ । नेपाली कांग्रेसका एक अभिभावक छुटिएर जादा भने नेपाली कांग्रेस रुन्टीगढीलाई ठुलै धक्का पुगेको थियोे । अहिले पुनः पार्टीमा फर्केर आउदा र गुमेका राजनीतिक अभिभावक पाउदा नेपाली कांग्रेस निकै हर्सित हुदै मङगलबार सम्मेलनमा स्वागत गरेकोे थियोे । सम्मेलन बोल्दै नेता पुन आफुले नेपाली कांग्रेसमा धेरै लगानी गरेको कुरा उल्लेख गर्दै आफु एमाले भएको आफैंलाई चित्तनबुझेको कुरा गर्दै पुनः पार्टीमा फर्किएको बताउनु भएको छ । अब मर्नुप्रान्त सम्म पनि नेपाली कांग्रेस नछाड्ने पनि बताउनु भएको छ । उहाले भन्नु भयो मैले पार्टीमा केही टिकटता भए पछि पार्टी छोडेको हु । स्वर्गीय नेता नैन सिङ खत्रीलाई सम्झदै २०४६ सालमा बहुदल आए पछिको मसिना कार्यक्रममा उहाँले भनेको वाक्यांश “ स्याल बहुलाए फ्याउरो हुन्छ मान्छे बहुलाए पछि कमनिष्ट हुन्छ,भने कुरा स्मरण गरेको छु भन्दै आफुमा पनि लागु भएको कुराको समिक्षा समेत गर्नु भएको थियो ।


यसै गरि कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टी सभापति कृष्ण बहादुर घर्तीले ठट्यौली सैलीमा रोल्पाले पाउनु पर्ने पद सानो नपाएको जस्तो नलागेको कुरा गर्दै प्रदेश संसद देखि संघीय संसद सम्म भएको जिल्लाको विकास भेन पिच भएको सड्क तर ढुलै ढुलो हुने अबस्थामालाई ब्याङज्ञ गर्दै विगतका दिनको सम्झना गर्दै रुन्टीगढीका डाडाकाडा बेचेर खाने दलालहरुलाई सचेत गराउदै छु भनेर भन्नु भयो । सहिद मार्न सुधार गर्छौ भन्दै लागि पर्नेहरु पनि उद्योगी संग पैसा खाएर तै चुप मै चुप भएको कुरा उल्लेख गर्दै अहिलेको स्थानीय सरकार त्यतातिर नजान आग्रह समेत ब्याङज्ञात्मक सैलीमा गर्नु भयो । उहाँले भन्नुभयो ूदेशमा सिमेन्ट उद्योग संचालन हुनु सकारात्मक कुरा भए पनि उद्योगले छुट्टै बैकल्पिक मार्ग प्रयोग गरेर आफ्ना कच्चापदार्थ ओसार्नु पर्ने कुरा उल्लेख गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसको एक ससक्त नेता हुनुहुन्छ । जस्ले ब्याङज्ञात्मक सैलिमा यर्थात कुरा गर्ने गर्नु हुन्छ । उहाँका भाषण सधै जसो गित बाट सुरु हुन्छन र उहाँको भाषण सुन्दै गर्दा कार्यकर्ताहरुले बदो आनन्दको महसुस पनि गर्ने गर्दछन ।त्यसै गरि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथी टेक बहादुर बस्नेतले प्रथम सम्मेलनलाई शुभकामना दिदै पार्टी भित्र जानी नजानी हुने गल्तीहरुलाई सच्याएर अघि बढ्न समेत अनुरोध गर्नु भएको छ । नेपाली कांग्रेसका सभापति नै यहाँको सरकार प्रमुख भएको हिसाबले यस गाउँपालिका भरिएका सम्पुर्ण जनताको हित हुने गरि साझा ढङ्गबाट विकास गर्न सुझाव समेत दिनु भएको छ।नेपाली कांग्रेस पुर्व राज्य मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा सम्मेलनका प्रमुख अतिथि अमर सिङ पुनले कार्यक्रममा आफ्ना धारणा ब्यक्त गर्दै नेपालमा सिमेन्ट उद्योग हुनु सकारात्मक भएको उल्लेख गर्नु भयो । तर सिमेन्ट उद्योग नित विधि र पदतिबाट बढ्नु पर्ने कुरा ब्यक्त गर्दै सहिद मार्गमा उद्योगले टिपर गुडाउनु निति संगत नभएको कुरा ब्यक्त गर्नु भएको छ । सरकारले उद्योगलाई आफ्नो मार्ग बनाउन ७५५बजेट दिने र उद्योगले २५५ प्रतिशत ब्यहोरेर सडक बनाउने निति छ। २५५ प्रतिशत भनेको २५ करोड बराबर भएको बताउदै उद्योगहरुले त्यसो नगरी २५ र ३० लाख दिएर कुरा मिलेमा उद्योग मार्ग खोल्न नचाहेको कुरा बतउनु भयो । जसले गर्दा आम जनताले दुख पाई रहेको समेत बताउनुु भयो । यस प्रति रुन्टीगढी नेपाली कांग्रेस र नेपाली कांग्रेस नेतृत्व रुन्टीगढी सरकारले पहल कदमी थाल्न समेत सुझाव दिनु भयो । उहाले भन्नु भयो सहिद मार्ग मृत्यु मार्ग बाट बचाई उद्योगको पहुच मार्ग बनाउनमा लागि पर्न समेत अनुरोध गर्नु भयो । अर्को प्रसङमा बोल्दै आफुले चुनाब हार्नुको पछाडि माओवादीका केही नेताहरुसंग गरेको गठन बन्धनमा धोकाको कारण भएको बताउनु भयो । आफुले हार्छु भन्ने थाहा हुदाहुदै पनि रोल्पाली जनताको मायाकै कारणले चुनाव लडेको बताउनुभयो । पार्टीले रोल्पामा हार्नुहुन्छ भनेर जित सुनिश्चित भएको निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोध गर्दागर्दै पनि रोल्पालीको मायाको करण पनि आफुले रोल्पामा रोजेको बताउनु भयो । उहाले भन्नु भयो हारेर पनि मेरो केही चित्त दुखेको छैन । मेरो भाग्यमा मुख्य मन्त्री हुन नलेखिईको रहेछ। तर हारे पनि रोल्पाली जनताको सेवा गर्न तत्पर छु र जनताको विकास गर्न कमजोर छैन । रोल्पाको क्षेत्र नम्बर १ बाट हाम्रो कार्यकर्ताहरुले ईमानदारी साथ भोट दिएर चुनाव जिताए तर म माथि धोका भयो । तर पनि मैले प्रदेशको मुख्यमन्त्री माओवादीलाई नै हुनु पर्छ भनेर भनिरहे तर उहाँहरु आफैले एमाले संग सहकार्य गर्नु भयो । त्यही सहकार्यले मुख्य मन्त्री फुट्काउनु भयो । यदि मैले भनेको मानेको भए अहिले माओवादीले मुख्य मन्त्री पाउनु हुने थियो । उहाँले भन्नु भयो । त्यस्तै अर्को प्रसंगमा बोल्दै नेपाली कांग्रेसको कृयासिल सदस्य जति बेला पनि लिन सकिने कुरा बताउदै कुनै छेक थुन नभएको कुरा राख्नु भयो । समय अनुकुल निवार्नच पनि बढी खर्चिलो र भद्किलो भएको कुरा उल्लेख गर्दै अब पार्टीले उमेदवार उठाउदा सहमतीबाट उठानु पर्ने अबस्था भएको कुरा ब्यक्त गर्नु भयो । उमेदवार एकलैले खर्च गर्दा आर्थिक भार परि ऋणको भार पर्ने हुदा सबैले आर्थिक रुपमा सहयोग गर्दै बढेमा एक जनालाई मात्र भार नपर्ने धारण ब्यक्त गर्नु भयो । यतिबेला बिभिन्न विद्यार्थी संघ संगठनहरुको चुनाव हुन लागेको हुदा आफु अनुकुल गथबन्धन गरेर अघि बढन समेत सुझाव दिनु भएको छ।त्यसै गरि नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका सभापति तथा गाउँपालिका अध्यक्ष एवंम सम्मेलनका सभापति जनक पुनले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै पार्टीका कुनै पनि निर्णय गर्दा रुन्टीगढीमा पार्टीका साथीहरू संग सहमति गरेर मात्र गरेको बताउनु भयो । त्यस्तै आफु गाउँपालिका अध्यक्ष भएको कारण सबैले आशा राख्नु स्वभाभिक भएको कुरा गर्दै कुनै पनि विकास गतिविधि गर्दा यो मेरो मान्छे त्यो मेरो मान्छे हो भनेर सुतुक योजना दिन न्याय संगत नमिल्ने हुदा कमतिमा बस्ती स्तरका योजना छोनोट हुदा नेपाली कांग्रेसका वडा सभापति तथा साथीहरू त्यहा पुगेर यो यो पुगेन यहाँ यस्तो छ यो हुनु पर्छ भनेर माग गरेमा मात्र केही गर्न सकिने कुरा बताउनु भयो । साथै कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद समेत दिनुभयो ।नेपाली कांग्रेस गाउँ कार्य समिति उप सभापति भुप बहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा राजनीतिक र आर्थिक प्रतिबेदन नेपाली कांग्रेस गाउँ कार्य समितिका सचिब तथा रुन्टीगढी ९ का अध्यक्ष चेत लाल खत्रीले गर्नु भएको थियोे । सम्मेलनको संचालन सचिव नारायण प्रसाद लामिछानेले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय