२०८१ मंसिर ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

कमल खड्का
२४ फागुन रोल्पा,“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ ११३ औ अन्तर्राष्ट्रिय महिला दिवश रुन्टीगढी गाउँपालिकामा भब्यताका साथ मनाईएको छ । दिवशको अवसर पारेर अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगीता पनि संचालन गरिएको हो । दिवशकै अवसरमा महिला स्तरीय महिला हिसां सम्बन्धी लोकगित तथा घैटाफोर प्रतियोगीता समेत संचालन गराइएको थियो । हाजिरजवाफ प्रतियोगीतामा ७ विध्यालयको सहभागीता रहेको थियो । जस्मा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय डुब्रिङ,गणेश माध्यामिक विद्यालय धौलावाङ,जनकल्याण माध्यामिक विद्यालय सर्पाल,भिमसेन माध्यामिक विद्यालय सैवाङ,सरस्वती माध्यामिक विद्यालय सतिम, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रिठाबोट र महेन्द्र माध्यामिक विद्यालय होलेरी रहेका थिए ।

प्रतियोगी भिमसरी रोका, सरिता बस्नेत र गीता रोकाको समुह सहित सरस्वती माध्यामिक विद्यालय सतिमले प्रथम स्थान हाँसिल गरेको छ ।दोस्रोमा प्रतियोगी प्रणयदिभा बुढामगर,रक्षिता डाँगी,सञ्जु बस्नेत सहित महेन्द्र माध्यामिक विद्यालय रहेको छ । प्रतियोगी नरमा पुन,जानकी र बुद्धिराम वि कको समुह सहित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय तृतिय स्थान हाँसिल गरेको छ । त्यसैगरि प्रतियोगी निरज वली अरुणा गिरी र मन्नु दमाईको समुह सहित गणेश माध्यामिक विद्यायल धौलावाङ सान्त्वना भएको छ । महिला हिसां सम्बन्धी एकल लोकगित प्रतियोगीतामा सिता दशौदी प्रथम, बिष्णु वि.क दोस्रो, हिमा घर्ती तेस्रो र जया खत्री सान्त्वना भएका हुन । त्यसै गरि घैटाफोर प्रतियोतामा बिनिता रोका प्रथम, कमला रोका दोस्रो, एलिना दशौदी तेस्रो र निशा केसी सान्त्वना भएका छन् । हाजिरजवाफ प्रतियोगीतामा पहिलो,दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यालयका विद्यार्थीहरुलाई क्रमश चार हजार, पैतिस सय ,तीन हजार , र पचीस सय बराबरको शैक्षिक सामग्री सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै लोकगीत र घैटाफोर प्रतियोगीतामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश तीन हजार,बाईस सय, अठार सय,पन्ध्रसय बराबरको भाडाकुदा र सम्मान पत्रले सम्मान गरिएको थियो । रुन्टीगढी गाउँपालिकाको आयोजना तथा रुन्टीगढी गाउँपालिकामा संचालित संगसंस्थाहरु रुदास नेपाल गोल दास्रो परियोजना ,पोषण सुधार परियोजना, डिकोस, समुन्नति परियोजनाको सहकार्यमा कार्यक्रम भएको हो । उपाध्यक्ष सरिता के सी को अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी निर्वतमान गाउँपालिका अध्यक्ष बालाराम बुढा,प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो । कार्यक्रम रुन्टीगढी गाउँपालिकाको प्राङगणमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय