२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं।नेकपा एमालेका नेता गुरु बरालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प नभएको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बरालले संविधान निर्माता अनि निष्पक्ष भूमिकाका कारण राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प अर्को नदेखिने दावी गर्नुभयो।

 

उहाँले भन्नुभयो ‘हामीले पहिलो राष्ट्रपति मधेसी र दोस्रो राष्ट्रपति महिला बनायौं । तेस्रो राष्ट्रपति जनजातिलाई बनाउँदा राष्ट्रिय जनमतको पनि सम्मान हुन्छ,’। राष्ट्रपति दलभन्दा माथि उठेको प्रबन्ध भएकाले नेम्वाङ विजयी हुने आधार पनि उहाँको दाबी छ।यस्तै उहाँले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बनेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय