२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय