सुर्य प्रकाश बुढा मगर,२० फागुन रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा सहिद सप्ताह कार्यक्रम मनाउन लागेका छन।फागुन १ गतेको दिनदेखि सुरु महान जनयुद्ध दिवसलाई मध्यनजर गर्दै सुरु भएको सहिद सप्ताह कार्यक्रम अन्तर्गत अन्तिम दिन परिवर्तन गाउँपालिका-३ बागमारामा रहेको परिवर्तन पार्कमा फागुन २१ गते आइतबारका दिन मनाउन लागेको हो।नेकपा परिवर्तन गाउँ समिति र नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको संयुक्त आयोजना सहिद सप्ताह कार्यक्रम मनाउन लागेको बताइएको छ।
साथै परिवर्तन गाउँपालिका भित्रका सहिद परिवारलाई समेत अभिनन्दन गर्ने कार्यक्रम रहेको समेत नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का(डाइमण्ड) ले बताउनु भएको छ।परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र सँगको सहकार्य र संयुक्त कार्यक्रम पहिलो भएको समेत नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी विक्रम डाँगी(प्रज्ज्वल)ले बताउनु भएको छ।साथै पहिले एउटै मोर्चामा रहेर महान जनयुद्धमा संघर्ष गरेको बताउँदै अहिले पनि सहकार्य र सहमतिको आवश्यकता भएको समेत डाँगी भनाइ रहेको छ।
नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले मैले पहिले पनि के भन्थे भने बिचार,लाइन र संघर्षको हिसाबले आ-आफ्नो ठाउँमा फरक भएता पनि हिजो हामी एउटै लक्ष्य र उद्देश्य लिएर लडेको समेत बताउनुभयो।साथै धेरै टाढाबाट सोच्नु हुँदैन र मेलमिलापको विषयमा तपाईं हामी मिलेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो।धेरै टाढा नसोच्नुपर्ने बताउदै,अन्य पालिकामा के गर्नु हुन्छ त्यो मलाई थाहा भएन परिवर्तन गाउँपालिकाको सन्दर्भमा तपाईं हामी मिलेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत जिकिर गर्नुभयो।
निर्वाचित अगाडि पनि तपाई हामी एक अर्कामा सहकार्य र सहमति हुनुपर्छ भनेर भनेको र निर्वाचन पछी पनि उक्त कुरा गर्दै आएकोले नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समितिसँग राम्रो सम्बन्ध रहेको समेत बताउनुभयो।हिजो सहकार्य,संघर्ष र सम्बन्ध बाट नै अहिले पनि सम्बन्ध राम्रो हुन गएको दाबी समेत गर्दै सहिद भनेको सबैको साझा भएकोले फरक पार्टीको,फरक सहिद भन्नु नहुने समेत बताउनुभयो।अहिले नेपाल सरकारले सहिद परिवालाई बलिदान गरेको मान्यता दिने निर्णय गरि सकेको समेत बताउनुभयो।साथै दुबै पार्टीको बैठक बसी कार्यक्रमको लक्ष्य र उद्देश्य एउटै भएकोले मृत्यु भएका सहिद भएका परिवारको लागि सँगै संयुक्त कार्यक्रम गर्ने सल्लाह भएको समेत बताउनुभयो।