खुमबहादुर सुनार, फागुन, १९ रोल्पा । राेल्पाको लुङ्ग्री गाउँपालिका वडा नंः ४ ठुलो नम्जा निवासी मनकुमारी खड्का काे सात दिन पछि जङ्गलमा लास भेटिएको छ। घर देखि केही टाढा घाेपि गहिरा खाेलामा भेटिएको छ लुङग्री गाउँपालिका वडा नंः ४ ठुलो नम्जा निवासी मनकुमारी खड्का फागुन १० गते राति अनुमानित ९ बजे तिर बाट बेपत्ता भएको थिइन् ।
खड्काकाे लास सडक देखि अनुमानित ६५० र ७०० मिटर तल लासलाई सडे गलेकाे दुर्गन्धित भईसकेकाे र दाहिने खुट्टाकाे गाेली गाठा भन्दा माथि घुडा सम्मको भाग कपडाले नछाेपीएकाे र खुल्ला भएको । जङ्गली जनावरले मासु लुछि खाएको अबस्थामा फेला परेको छ ।
ठुलो नम्जा स्थित घाेपी खाेला नजिकै गाेरेटाे बाटाे खन्ने लागेको थिए त्यतिबेला बाटो देखि १५ मिटर माथि रहेको देखे पछि। स्थानीय वडा कार्यलयमा जानकारी गराएका थिए र १ बजे र ३० मिनेट तिर पछि इलाका प्रहरी कार्यालय मा जानकारी गराए पछि इलाका प्रहरी कार्यालयका प्रमुख अाेम प्रकास वाग्ले काे कमान्डमा गएको टाेलिले त्यसलाई पाेस्टमाटम काे लागि रेउघा पठाएको इलाका प्रहरी कार्यालय सुलिचाैरले जानकारी दिएको छ । उनको घरमा एक छोरा र एक छोरी रहेको बताइको छ ।