२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

१९ फागुन, काठमाडौं । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको छ । रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले जित हात पारेको हो ।

 

रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए । युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ ।

रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय