२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

सुर्य प्रकाश बुढा मगर,१७ फागुन, रोल्पा।समुन्नति परियोजना अन्र्तगत थवाङ्ग गाउँपालिकाको समन्वयमा निर्वाचित जनप्रतिनिधिहरु तथा कृषि शाखाका कर्मचारीहरुलाई पुर्नजन्मकारी कृषि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम थबाङ गाउँपालिकामा सम्पन्न भएको छ।

थबाङ गाउँपालिका, वडा नं. २ का वडाअध्यक्ष श्री अभिलाषा बुढा मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्री ऋषि केशव बुढा मगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा, वडा नं. १, २, ३, ४ र ५ का वडा अध्यक्षहरु,कार्य पालकिाका सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत तथा कृषि शाखाका कर्मचारीहरु गरि जम्मा ३१जनाको उपस्थिती रहेको थियो।

प्राक्टिकल एक्शनका परियोजना अधिकृत श्री दिपेन्द्र भुजेलद्धारा कार्यक्रमको उद्येश्यमाथी प्रकाश पार्दै शुरु भएको अभिमुखीकरण कार्यक्रमलाई किसान केयर प्रा.लि.का कृषि बिज्ञ श्री शिव यन्द्योले सहजीकरण गर्नु भएको थियो ।

 

कार्यक्रममा सहजकर्ताले कृषि पर्यायवरण, पुर्नजन्मकारी कृषि, व्यावसायिक बेमौषमी तरकारी खेती, थवाङ्गमा यसका चुनौती र संभावनाहरु आदीको बारेमा अभिमुखीकरण गर्नुभएको थियो भने त्यसपछि खुल्ला छलफल गरिएको थियो जसमा सहभागीहरुले बिभिन्न किसिमका जिज्ञासाहरु राख्नु भएको थियो।कार्यक्रम पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा थवाङ्ग गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले यस्ता बिषयवस्तुरु जनप्रतिनिधि र कृषि शाखाका कर्मचारीहरुले समेत बुझेमा गाउँ पालिकाको कृषि बिकासका योजनाहरु बनाउँदा सजिलो हुने भएकाले समुन्नति परियोजनालाई बिशेष अनुरोध गरि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा वडा नं.१ का अध्यक्ष श्री अभिलाषा बुढा मगरले समुन्नति परियोजनाले हालसम्म गाउँपालिका तथा वडा कार्यालयहरुसंग नियमित समन्वय गरि कार्यक्रमहरु संचालन गरिरहेको र यसरी काम गर्दा दोहोरोपन नहुने र साझेदारीमा काम गर्न सकिने हुनाले धेरै उपलब्धि हुने बताउनुभयो ।

 

कार्यक्रमको उदघाटन तथा समापन सत्र समुन्नति परियोजनाका लैससास तथा अनुगमन मुल्याँकन अधिकृत सुनिता घर्तीमगरले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय