२०८२ जेष्ठ २६ | [email protected] | Nepali Unicode|Preeti to Unicode

सुर्य प्रकाश बुढा मगर,१७ फागुन रोल्पा।रोल्पाका गाउँपालिका अध्यक्षहरूले संघीय मन्त्रीहरूलाई भेटेर योजना माग गरेर फर्किएका छन।१२ फागुन गाउँपालिका अध्यक्षहरूले सिंहदरबार पुगेर गाउँपालिकाभित्र पर्ने गरी आ-आफ्नो योजना प्रस्तुत गरी फर्किएका हुन।

रोल्पा क्षेत्र नं.१(२) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सांसद दिपेन्द्र कुमार पुन,सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणीराम बुढाथोकी,सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन,लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत थापा मगर,परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर,थवाङ गाउँपालिका अध्यक्ष ॠषिकेशव बुढा मगर,माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय,सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको मन्त्रालय,भौतिक पूर्वाधार तथा योजना मन्त्री नारायण काजी श्रेष्ठको मन्त्रालय र पर्यटन मन्त्री सुदन किरातीको मन्त्रालय लगायतमा पुगेर योजना माग गरि फर्किएका छन।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले संघीय बजेटमा समेट्न ५ वटा विभिन्न आयोजना पेश गरेर फर्किएको प्रतिक्रिया दिनु भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न संघीय मन्त्रालयमा बुढा मगरले गाउँपालिकाभित्र कृषि गुरुयोजना बनाएको बताउदै,आफ्नो पालिकाको प्राथमिकता कोल्ड स्टोर निर्माण गर्ने।किसानहरुले उत्पादन गरेका वस्तुले मुल्य नपाएको कुरा र अर्को बजारको सुनिश्चितता नभएको गुनासोलाई सम्बोधन गर्ने एउटा मात्र माध्यम भने चिस्यान केन्द्र निर्माण भएको बताए।

सहिद मार्ग भनेर नामाकरण भएको आफ्नै गौरव,आफ्नै पौरख भनेर खन्न सुरु गरिएको र त्यसपछि देशको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)हुँदा सहिद मार्गको रूपमा बजेट व्यवस्थापन गरि राष्ट्रिय आयोजनाको रूपमा अगाडि बढाएको बताउँदै भने”दाङ होलेरी,घर्तीगाउँ हुँदै थबाङ सम्म पुगेको र उतिबेला दुईखोली,बागमारा हुँदै चुन्बाङ खण्डसम्म पनि बाटो खनेको”समेत बताए।साथै त्यो अहिले छुट्न गएको र दुईखोली,चुन्बाङ हुँदै रुकुमकोट सम्मको बाटो छुट्न गइ त्यहाँका नेता,कार्यकर्ता र नागरिकले अहिलेको प्रधानमन्त्री प्रती गुनासो गरेकोले त्यो सम्बोधन हुनुपर्छ भनेको समेत बताए।जनयुद्धको उद्गमथलो र आधार ईलाका भएकोले देशको राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन हुन पनि सफल भएकोले(वार तोरिजम)युद्ध पर्यटनको हिसाबले प्रचुर संभावना भएको ठाउँ मानिन्ने भएको हुँदा त्यो हुन नसकेकोले स्थानीय सरकारले भ्याएसम्म लागिरहेको समेत बताए।

 

त्यस्तै केही भौतिक संरचना निर्माण हुने बताउदै भन्नुभयो”राङ्कोट्को गोरीचौर देखि छड्के धुरी हुँदै,फूलबारी बाट थबाङसम्म जोड्ने “माउन्टेन बाईक ट्रेकिङ रोड”हिजो छापा मार भनेर खन्न सुरु गरिएको र त्यो अझै पुरा नभएकोले बजेटको व्यवस्था”गर्न माग गरेको बताए।अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) बसेको घर परिवर्तन २ राङ्सीको डाँडागाउँमा रहेको घरलाई युद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्ने भनेर केही भौतिक संरचना निर्माण भइ रहेकोेले ध्यानाकर्षण हुने गरि बजेटको व्यवस्थापन गर्न आग्रह गरेको बताए।

 

अर्को बर्सादको समयमा बाढी पहिरोले खेतबारी कटान गर्ने भएकोले नदीहरुमा तटबन्धको व्यवस्थापन गरि दिन आग्रह गरि काठमाडौं बाट फर्किएको बताए।माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले आफ्नो पालिकाको ५ वटा मुख्य योजना लिएर काठमाडौं गएको बताउदै भने मेरो पालिकामा २०८०/०८१ मा घर्तीगाउँ देखि झिनुवा हुँदै त्रिवेणी गाउँपालिका सम्म पिच गर्न माग गरेको बताए।

माडी गाउँपालिका ५ को भाबाङ्मा रहेको पुल्बाङ धुरीलाई युद्ध पर्यटनको रूपमा विकास गर्न,माडी गाउँपालिका स्तरीय कोल्ड स्टोर निर्माण गर्न,घोरनेतीमा भएको जन नमूना अस्पतालको स्तर उन्नति गर्न र कालाभिर,जन नमूना अस्पताल हुँदै,जबाङ जोड्ने मोटर बाटो योजना लगाएत माग सहित योजना पेश गरेको बताए।

 

त्यस्तै थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगरले आफूले मुख्य ४ वटा योजना लिएर काठमाडौं गएको बताउदै,पर्यटनको हिसाबले जलजला क्षेत्रको विकास गर्न भौतिक संरचना निर्माण,खानेपानी,शौचालय निर्माण र बाटो लगायत निर्माणको लागि बजेट व्यवस्थापन गर्न माग गरेको बताए।साथै आफ्नो पालिकाको खेलकुद मैदान निर्माण गर्न,थबाङ्मा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न र अर्को सहिद स्मृति संग्रहालय निर्माण गर्नको लागि बजेटको माग गरेको बताए।

गाउँपालिकाका अध्यक्षहरु प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट्ने भनेर गएकोले पछिल्लो राजनीतिक घटनाको व्यस्तताले गर्दा नभेटेरै आफूहरू फर्किएको अध्यक्षहरुको भनाइ रहेको छ।अन्य रोल्पाका पूर्वी गाउँपालिकाका अध्यक्षले पनि आ-आफ्नो गाउँपालिका भित्रका स्थानीय बजेटले समेट्ने गरी योजना पेश गरेर फर्किएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय