सुर्य प्रकाश बुढा मगर,१५ फागुन रोल्पा । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराले हारमा नमात्तिने गरि र जीतमा नमात्तिने गरि खेललाई अनुशासित ढंगबाट अगाडि बढाउन आग्रह गर्नु भएको छ।प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को आइतबार लिबाङ्मा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो।कार्यक्रम उद्घाटनको प्रमुख अतिथी समेत रहेका महराले मानिस स्वस्थ रहनको लागि विभिन्न खेलहरु खेल्नुपर्ने कुरालाई उल्लेख गर्दै धेरै खेलकुद प्रतियोगिता हुने भएकाले एक खेलमा पराजित हुँदैमा निराश दुखी नबन्न र खेलमा जित हुँदैमा सुखले नउफिएर अनुशासित ढंगबाट अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।
साथै शरीरलाई शारीरिक,मानसिक रूपमा स्वस्थ,तन्दुरुस्त र निरोगी बनाउनको लागि खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो।युवा उमेरमै धेरै खेल प्रतियोगिता खेल्दै गयौं भने यो देश,यो नेपाल,यो जिल्ला यो सबै गाउँका सबै स्वस्थ मानिसहरू बसोबास गर्ने ठाउँ हो भनेर चिनाउनको लागि पर्यत्न गर्ने समेत बताउनुभयो।मन्त्री महराले फेरि भन्नुभयो”हामी निरोगी हुनको लागि शारीरिक परिश्रमको लागि निरोगी हुनको लागि हाम्रा अङ्गहरुलाई तन्दुरुस्त बनाउनका लागि विभिन्न शारीरिक ब्यामहरु भएको”बताउनुभयो।साथै हामी अर्थक मेहनत गरिर्यौ भने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भाग लिएर आफ्नो प्रतिस्पर्धा गर्न सकिने र आफ्नो राष्ट्रको शिर उच्चो,आफ्नो गाउँ ठाउँ र इष्टमित्र सबैको शिर उच्चो गराउने अभियानमा लाग्नु हुने छ भने विश्वास समेत व्यक्त गर्नुभयो।
यहाँ तपाईंहरुको शरीर खेलमा मात्र नभएर हामी अनुशासनमा अब्बल हुनु छ,हामी लगनशीलतामा अब्बल हुनु छ र स्वास्थ्यको क्षेत्रमा पनि स्वस्थ बनेर अब्बलता हासिल गर्नुपर्नेमा समेत जोड दिनुभयो।त्यस्तै हामी मेहनत श्रम प्रतिको मायामा पनि अर्को सफलता हासिल गर्नुपर्ने बताउदै त्यति मात्र नभएर खेलमा खेलाडीहरु आफ्नो पालिकामा प्रतिस्पर्धा गरि जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएकोले जिल्ला बाट छनोट भएर प्रदेश स्तरमा र प्रदेश स्तर बाट केन्द्रिय स्तरमा खेलाडीहरु प्रतिस्पर्धाको माध्यम बाट पुगेर त्यहाँ पनि प्रतिस्पर्धाको मैदानमा उर्त्तिनेमा आफू विश्वस्त भएको समेत बताउनुभयो।असम्भव भन्ने केही नभएको बताउदै मन्त्री महराले मात्र मेहनत भएकोले अनुशासन पूर्वक,धैर्यता पूर्वक हामी मेहनत गर्यौ भने हामी हाम्रो निश्चित लक्ष्यमा पुग्न सकिने समेत जिकिर गर्नुभयो ।
हामी आशावादी भएकोले जीवनमा कसैले पनि निराशाको बाटो नसमात्न समेत आग्रह गर्दै अहिलेको जनामा खासगरी मानिसको दिमागमा नकारात्मक सोचले भरिन थालेको समेत बताउनुभयो।फेरि मन्त्री महराले भन्नुभयो”नकारात्मक सोच भएकोले त्यसलाई फ्याक्नुपर्ने र सानो एउटा जुनकीरी बलेको छ भने पनि र अध्यारो रातमा कहिँ सानो बत्ती बलेको छ भने पनि त्यहाँ उज्यालो छ भन्ने बुझ्नुपर्ने”समेत बताउनुभयो।हामी सकारात्मक सोचको विकास गरेर अप्ठ्यारो पर्दा पनि सकारात्मक सोचलाई चिन्न सक्यौं भने देख्न सकियौं भने हामीहरु सफल हुने समेत बताउनुभयो।
सानातिना हारले पनि”आत्तिनु हुँदैन,जितले पनि मात्तिनु हुँदैन त्यसैले हारमा आत्तिने,जीतमा मात्तिने यो दुबै चिज हाम्रो लागि घातक भएको”समेत बताउनुभयो।त्यसैले दुबै चिज हाम्रो लागि घातक भएकोले धर्यता र सम्मेनता अपनाएर अगाडि बढ्ने बताउदै हारमा साच्चिकै गम्भीरता साथ चिन्तन गर्दै सानातिना हारबाट गल्तीहरु स्वीकार गरि शिक्षा लिएर आगामी दिनमा सफलताको लागि आ-आफ्नो बाटो रोज्न समेत आग्रह गर्दै यो समाजमा पलाउन थालेको,उम्रीन थाले,देखिन थालेको नकारात्मक प्रवितीहरु भएको र नकारात्मक सोचहरु भएकोले त्यसबाट बच्नु अहिले आवश्यकता भएको औल्याउँनु भयो।
नकारात्मक सोच बाट अलग भएको र पराजित गरेर त्यसपछि सकारात्मक सोचको विकास गर्दै हामी अगाडि बढ्यौं भने हामी हाम्रो जितलाई,विजयीलाई हाम्रो सफलतालाई कसैले रोक्न नसक्ने र असफलता नै सफलता त्यो अरुको हातमा होइन हाम्रै हातमा भएकोले हामी कस्तो बन्छौं त्यो आफूमा निर्भर हुने भएकोले साच्चिकै सकारात्मक सोचको विकास गर्दै गयौं भने नकारात्मक सोचहरुलाई पराजित गर्दै गयौं भने हामी निश्चित रूपमा हाम्रो गन्तव्यमा पुग्न सक्छौं हामी सफलता हासिल गर्न सक्छौं उनले भने।
पूर्वाधारलाई मात्र विकास भएको मान्ने प्रविती भएको बताउदै महराले भने”पूर्वाधारको मूल जग भनेको शिक्षा भएकोले कसरी शिक्षालाई राम्रो गराउन सकिन्छ र हरेक क्षेत्रमा शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने कुरालाई अहिलेको स्थानीय सरकारहरुले मन्न गर्नुपर्ने”समय आएको समेत बताउनुभयो।लुम्बिनी प्रदेशले लिएको”समृद्ध प्रदेश,आत्मनिर्भर प्रदेश”भन्ने जुन नारा छ त्यसलाई सफल बनाउन यो आम प्रदेश बासीको दायित्व भएको समेत बताउनुभयो।