२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाण्डाै । स्पेनिस ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको ‘मड्रिड डर्बी’ मा युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ६४औँ मिनेटमा नै एट्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो । खेलको ७८औँ मिनेटमा एट्लेटिकोका जोश जिमिनेजले गोल गरे । तर खेलको ८५औँ मिनेटमा अल्भारोले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलको २३ खेलमा ५२ अङ्क छ ।

एक खेल कम खेलेको बार्सिलोना ५९ अङ्कका साथ शीर्ष स्थानमा छ । एट्लेटिको ४२ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय