२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

१४ फागुन, हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।

शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले यस (तपाईंको) नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौं ।’

 

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।

शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय