२०७९ चैत्र ७ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

सुर्य प्रकाश बुढा मगर,७ फागुन रोल्पा । कार्यक्रमको विशिष्ट अतिथीको रूपमा उद्घाटन गर्दै पूर्व सिचाइ राज्यमन्त्री,संविधानसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले राजनीतिक दलहरु भित्र अनुशासन नभएको कुरा बताए।

रोल्पाको गंगादेव गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा चौथो अध्यक्ष कप कार्यक्रमको विशिष्ट अतिथीको रूपमा सम्बोधन गर्दै पुन मगरले हामी राजनीतिक दलहरू भित्र अनुशासन नभएको र व्यवहारमा एउटा गर्छौं भने जनताका विरुद्ध अर्को कुरा गर्छौं तर त्यो कुरालाई कन्ट्रोल गर्ने त्यो कुरालाई सच्याउने पनि आम मतदाता भएको कुरा बताउनु भएको हो।मतदाताहरुले अब के थाहा पाउनु जरुरी छ भने जसरी राजनीतिक दलका नेताहरु चुनावी नाराहरु लिएर आउनु हुन्छ ती नाराले साच्चिकै पाँच बर्ष सम्म कार्यान्वयन हुने गरि यो नेपाली जनताको दायित्वका लागि यो नेपालको विकासको लागि समृद्धिको लागि जनताका हितका लागि यी बाँचा पुरा गर्नको लागि मतदातासँग भेट हुन्छ कि हुँदैन?

भन्ने कुरा महत्त्वपूर्ण भएको समेत बताए।चुनाव भरी एउटा नारा दिने चुनावपछी फर्किएर पनि नहेर्ने प्रबृत्ति हावी भएको बताउँदै पुन मगरले भन्नुभयो”अहिले सबै बाटो बिर्सिएर आत्म किसिमको उहीँ पुरानै हिसाब किताब तिर जाने राजनीतिक दलको नेता र जनता बीच भोट माग्न जाँदा नयाँ ढंगको साथ विचार गर्नुपर्ने बेला आएको”समेत बताए।

राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भने जस्तै विद्यार्थीहरु,खेलाडीहरु पनि अनुशासित बन्नुपर्ने बताउँदै,राजनीतिक दलहरू जस्तै बिना अनुशासित नबन्न समेत आग्रह गरे।साथै गंगादेव गाउँपालिका मात्र नभएर अन्य ठाउँमा समेत भोलिका कर्णधारहरुले चाहेँ खेलकुद होस,राजनीतिक रूपमा होस,चाहेँ शैक्षिक क्षेत्रमा होस र स्वास्थ्य क्षेत्रमा होस सबै कुरामा अब्बल बताएर अनुशासित राजनीतिकमा नेतृत्व गर्नुपर्ने कुरामा जोड दिए।

जनताका मात्र होइन यो नेपालको राजनीतिक बाटो र राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदमा हामी भाग लिन सक्छौ भन्ने मुल्य मान्यतामा अगाडि बढ्न समेत आग्रह गरे।रोल्पाको विभिन्न ठाउँमा समस्या रहेको बताउँदै,रोल्पा भौगोलिक हिसाबले त्यो पनि वास्तविक रोल्पाको गंगादेव गाउँपालिका विगत भएकोले यहाँ विकासमा पछाडी छौँ,शिक्षामा पछाडी छौँ,खेलकुदमा पछाडी छौ र स्वास्थ्यमा पछाडी छौँ अब अगाडि जानलाई के गर्ने भन्ने त भन्नेमा हामी राजनीतिक दलले मात्र मात्र विचार गरियो भने राजनीतिक विचारले मात्र अगाडि बढ्यौं भने कति अगाडि जान सकिन्छ अहिलेको महत्त्वपूर्ण कुरा भएको समेत बताए।यो सबै क्षेत्रलाई सुधार गर्न राजनीतिक दलहरूले मात्र विचार गरेर मात्र सम्भव नहुने र यो समाजलाई बनाउनको लागि हाम्रो के मुल्य मान्यता के भूमिका हुन सक्छ भन्ने कुरा सोचेर अगाडि बढ्ने बेला आएको बताए।

 

साथै पछाडी परेको रोल्पा,पछाडी परेको गंगादेवलाई अगाडि लानलाई र गंगादेवलाई समृद्धि बनाउन,समग्र रोल्पाको विकास गर्न,रोल्पाको मात्र होइन समग्र नेपालको विकास गर्नलाई तपाईं हामी एक ठाउँमा उभिएर अनुशासित बनेर यो सहि यो गलत के हो?छुट्याउन सक्ने क्षमता राखेर अगाडि बढ्ने समय आएको बताए।

 

यो स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल भने जस्तै यो समाज बनाउनलाई तपाईं हामी एक ठाउँमा उभिएर विचारले सबै एकै ठाउँमा नभएपनि बहुदलीय व्यवस्था भएकोले कोही यो राजनीति दलमा कोही त्यो राजनीतिक दलमा भएकोले समेत जो जहाँ भएपनि यो समाज बदल्नको निम्ति सबै एक भएर अगाडि बढ्नुपर्ने स्थिति आएको समेत जिकिर गरे।यो गंगादेव गाउँपालिकामा कसरी शिक्षा क्षेत्र,खेलकुद क्षेत्र,स्वास्थ्य क्षेत्रमा अनुशासित भएर अगाडि बढ्न र विकास गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै विद्यालयका शिक्षक,खेलप्रेमी,स्वास्थ्यकर्मी,राजनीतिक दल र जनप्रतिनिधि हातेमालो गरि अगाडि बढ्न समेत आग्रह गरे।सबै मिलेर पछाडि परेको समाजलाई तपाईं हामी सबै मिलेर सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने र पछाडी परेको गंगादेव गाउँपालिकालाई कसरी अगाडि लैजाने यो देशको विकासमा कसरी हामी गंगादेव बासीको पनि केहि न केहि हात हुने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय