२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

राेल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटीले बैंकहरूको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजी विरोध आज प्रर्दशन गरेको छ । विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटिका इन्चार्ज लालबहादुर सुनारले चर्काे ब्याजको बिरुद्धमा राज्यको ध्याणकर्षण गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो यदि अटे गरेर नमानेमा कारबाही गर्न बाध्य हुने समेत बताउनुभयो ।

नेपालमा पछिल्लो समय बैंकहरूले व्यवसायीहरूमा बैंकिङ आतंक नै मच्चाइरहेका बताउनुभएको छ । उहाँले एकातिर व्यवसायीहरूको व्यवसाय धराशायी भइराखेको र अर्कोतिर बैङ्कहरूले ब्याजदर बढाउदै लगेको हुँदा व्यावसायीहरूलाई सडकमा ल्याइपुर्याएको बताउनुभयो । ’गाउँ–गाउँमा लघुवित्तको पनि त्यतिकै आतङ्क भएको र मिटर व्याजले कैयौँ मानिसलाई घरबारविहीन बनाएको छ’, उहाँले भन्नुभयो ।

नगर कमिटिका इन्चार्ज सुनारले बैंकहरुको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण जनताहरू घरबारविहिन हुनुपर्ने, आत्महत्या गर्नुपर्ने सम्मको अवस्था श्रृजना भएको बताउँदै सरकारलाई जनता र ब्याबसायीहरुको समस्याहरूमा कुनै सरोकार नभएको बताउनुभयो । कार्यक्रमको बारेमा अखिल क्रान्तीकारी रोल्पाका जिल्ला अध्यक्ष हरि वली र नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटिका इन्चार्ज लाल बहादुर सुनार प्रस्ट पार्नुभएको थियो । उक्त विरोद्ध प्रर्दशनमा भएको कार्यक्रमको सञ्चालन सेक्रेटरी दुर्गा वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय