२०८१ मंसिर १० | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ ‘फ्रन्ट लाइन’मा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनु भएकाे हाे ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका विषयवस्तु समेटेर ज्ञापनपत्र बुझाएकाे थियाे ।  भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो समय बाग्लुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।

 

भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बाेधन हुनेगरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिनुभएको छ।

प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताउनुभयो।

जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै देशमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय