२०८२ जेष्ठ ३१ | [email protected] | Nepali Unicode|Preeti to Unicode

काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

राति खाना आइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारीक स्रोतले बतायो । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

 

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सन्जालमा लेखेका छन् ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय