२०७९ चैत्र ६ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी | सुलिचौरमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने | झन्डीडाँडा : साहसिक खेलको सम्भावना | अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी | उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित | डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो | काठमाण्डौमा निफ चलचित्र महोत्सव आजदेखि, ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने | उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै | काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा | फागुन ३० गते नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले प्रथम पालिका सम्मेलन सम्पन्न |

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी राज्यको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने गरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको उनले बताए । महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन भन्दै सांसदहरुका लागि छुट्टै व्यवस्था नहुन नहुने उनको भनाइ छ ।

 

‘सांसदहरुले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु जरुरी छ,’ नेता महर भन्छन्, ‘लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्वपूर्ण अर्थ रहन्छ । जनता सांसद तथा जो कोही पनि कानुनले बराबर ठान्छ तर आज किन दुई खाले व्यवहार गर्न खोजिदैछ ?,’ उनको प्रश्न छ । यस्तै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरे । वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधी पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय